एमाले अछामको नेतृत्वका लागि रस्साकस्सी सुरु,युवा नेता रावलको बलियो दाबी

पवन भण्डारी   मङ्गलबार ०९, बैशाख २०८२ ०२:२४

धनगढी । नेकपा एमाले अछामको अधिवेशन नजिक आए सँगै नेताहरूको नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । यही वैशाख १३ देखि १५ गतेसम्म अछाम सदरमुकाम मंगलसैनमा नेकपा एमाले अछामको ९ औँ अधिवेशन हुँदैछ । अधिवेशनका लागी जिल्लाका सबै वडाबाट प्रतिनिधि छनौट भइसकेका छन । अधिवेशनबाट  एमाले अछामले पार्टीलाई मजबुत बनाउने नेतृत्व छनौट गर्नेछ । 

एमाले अछामको नेतृत्वका लागि नेताहरूले तयारी थालिसकेका छन् । हाल सम्म  ७ जना नेताले नेतृत्वका लागि लबिङ गरिरहेका छन । तर विशेष गरि अछाम जिल्लाको एमालेको नेतृत्वमा वर्तमान अध्यक्ष चन्द्र बोहरा, नेता बम बहादुर बिसी,शिव प्रसाद उपाध्याय र वर्तमान सचिव भीम बहादुर रावलको चर्चा बढी देखिन्छ । वर्तमान अध्यक्ष चन्द्र वोहराले पार्टिलाई अगाडी बढाउन आफुले एक कार्यकाल पुनः नेत्त्रृत् गर्ने बताउदै आएका छन । 

तर वर्तमान सचिव भीम बहादुर रावलको पनि निकै बलियो दाबी रहेको एमाले अछामका एक नेता बताउँछन् । युवाहरू माझ रावल निकै लोक प्रिय हुनुहुन्छ उहाँले पनि अध्यक्षको लागी दाबी गर्नु भएको छ ।

उनी युवाहरूमाझ लोकप्रिय छन् भने पार्टीमा सबैलाई मिलाएर लैजान सक्ने खुबी भएका नेता समेत हुन् त्यसैले उनलाई बलियो उम्मेद्धारका रूपमा हेरिएको छ  ।

अछाम जिल्लामा सहमतिमा नेतृत्व चयन हुने सम्भावना कम रहेको बताउँदै उनले भने सबैका आ आफ्ना अडानहरू  छन यो समयमा सहमतिमा नेतृत्व चयन हुन गाह्रो होला जस्तो छ । सहमति भई नेतृत्व चयन भयो भने फरक कुरा भएको बताउँदै उनी भन्छन् एमाले बनाउनु छ अहिले अछाममा पार्टीलाई सक्षम नेतृत्व आवश्यक छ जसले पार्टी बलियो बनाउन सक्छ उक्त ब्याक्तीलाइ नै छान्नु पर्ने उनको भनाई छ ।

पूर्व प्रदेश कमिटी सदस्य शिवप्रसाद उपाध्याय भने निर्वाचनमा आफू नजाने मनसायमा रहेको समाचार श्रोतले बताएको छ ।  नेतृत्वमा सहमति मै भए आफू नेतृत्व गर्ने तर सहमति भएन निर्वाचन हुने अवस्था आयो भने आफू निर्वाचनमा नजाने उपाध्यायको मनसाय रहेको श्रोतको भनाई छ । नेतृत्वका बमबहादुर बिसी, हिरण्य भट्टराई, जिल्ला कमिटी सदस्य तिलक कुँवर,डिबी साउँद पनि अध्यक्षका आकाङ्क्षी रहेको बताइन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु