एमाले अछाम अधिवेशन : उप–सचिवका लागी तिमिल्सैनाको दाबी, यस्तो छ तिमिल्सैनाको राजनीतिक ईतिहाँस

पवन भण्डारी   शुक्रबार १२, बैशाख २०८२ ०१:४३

धनगढी ।  नेकपा एमाले अछामका नेता सत्यराज तिमिल्सैनाले उपसचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।  आगामी वैशाख १३ देखि १५ गतेसम्म हुने ९ औँ जिल्ला अधिवेशनमा उनले उप–सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

बिद्यार्थीबाट  राजनिती सुरु गरेका तिमिल्सैनाले  २०५३ सालमा नेकपा एमाले कुईका गाउँ कमिटीको उपसचिव हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए भने २०६६ देखि सक्रिय राजनीति मा हुनु हुन्छ । तिमिल्सैना लामो समय नेकपा एमाले जिल्ला कमिटी अछामको सदस्य समेत रहिसकेका छन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्य मा निर्वाचित तिमिल्सैना २०७९ मा लोक प्रिय मतका साथ अध्यक्षमा निर्वाचित भएका थिए । समाजसेवामा बढी रुचि राख्ने तिमिल्सैनाले आफ्नो वडामा रहेका विपन्न परिवारका लागि आफूले ब्याक्तीगत रूपमा सहयोग समेत गर्दै आयका छन ।

जनता र कार्यकर्ताको समस्यामा निरन्तर सक्रिय रहँदै आएका तिमिल्सैनाले नेकपा एमालेको तर्फबाट कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाको वडा अध्यक्षमा लोकप्रिय मत सहित निर्वाचित भएका थिए । तिमिल्सैनाले निरन्तर रूपमा जनताको अपेक्षा अनुसार काम गरिरहनुभएको छ ।

युवा माझ लोकप्रिय र सबैलाई समेटेर लैजान सक्ने क्षमता भएका तिमिल्सैना उप–सचिव पदका बलिया दाबेदार हुन ।

पाटीको ९ औँ जिल्ला अधिवेशनमा आफूले उपसचिव पदमा उम्मेदवारी दिने बताउँदै तिमिल्सैनाले उक्त पदमा निर्वाचित गराउन सहयोग गरिदिन सम्पूर्ण प्रतिनिधिहरूलाई अपिल समेत गर्नुभएको छ । उप सचिवका लागी एमालेका अर्का युवा नेता सिद्ध प्रसाद ढुङ्गानाले समेत आफ्नो उम्मेद्धारी घोषणा गरिसकेका छन भने अन्य नेताहरूको पनि उपसचिवमा आकांक्षा रहेको बताइएको छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु