एमाले अछामको ९ औँ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा, सचिव भट्टले उद्घाटन गर्ने

पवन भण्डारी   शुक्रबार १२, बैशाख २०८२ ०३:१७

धनगढी  । शनिवार देखि अछाम सदरमुकाम मंगलैनमा उद्घाटन हुने नेकपा एमाले अछामको ९ औँ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । 

अधिवेशनको एमाले सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्टले उद्घाटन गर्ने भएका हुन् । भट्ट आजै अछाम आइपुग्ने कार्य तालिका रहेको छ । अधिवेशनका लागी केन्द्र देखि प्रदेश सम्मका नेताहरू जिल्ला पुगिसकेको एमाले अछामका सचिव भीम बहादुर रावलले बताए । उनले भने “अधिवेशनमा सुदूरपश्चिममा रहेका अधिकांश केन्द्रीय सदस्य प्रदेश कमिटी अध्यक्ष तथा अन्य पदाधिकारीहरूको समेत अधिवेशनमा सहभागिता रहने बताए । एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासन गरेपछि पहिलो पटक अछाम जिल्ला अधिवेशन हुन लागेको हो । सुदूरपश्चिम प्रदेशका आठ ओटै जिल्लामा अधिवेशन सम्पन्न भइसकेको भए पनि अछाम जिल्लामा अधिवेशन हुन सकेको थिएन । 

वैशाख १३ देखि १५ गतेसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि आधा दर्जनभन्दा बढी आकाङ्क्षी देखिएका छन् ।

हालसम्म अध्यक्षका लागि वर्तमान अध्यक्ष चन्द्र बहादुर वोहरा, सचिव भीम रावल (कालो टोपी), डिबी साउद, शिवप्रसाद उपाध्याय, बमबहादुर बिसी र तिलक कुँवर प्रमुख दाबेदार छन् । यद्यपि आकाङ्क्षीको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयनका प्रयास भइरहेका छन् । यद्यपि अछाम जिल्लामा सहमति मै नेतृत्व चयन हुने सम्भावना कम रहेको एमाले अछामका एक नेता बताउँछन् । जिल्ला अधिवेशनका लागि चार सय जना प्रतिनिधि छानिएका छन् ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु