धनगढी । नेकपा एमाले अछामका युवा नेता लिलाराज केसीले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । वैशाख १३ देखि १५ गतेसम्म हुने ९ औँ जिल्ला अधिवेशनमा उनलेसचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । अधिवेशनको एमाले सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्टले उद्घाटन गर्ने छन । आज देखि सुरु हुने जिल्ला अधिवेशन अगाडी नै नेताहरूले आ–आफ्नो उम्मेद्धारी घोषणा गरिरहेका छन ।
विगत लामो समय देखि राजनीतिक क्षेत्रमा आबद्ध युवा नेता केसीले सचिवका लागी आफ्नो सशक्त दाबी रहेको बताएका छन । उनले भने“मैले पार्टीको सङ्गठन निर्माणका गरेको त्याग सबै नेता कार्यकर्ताले बुझ्नु हुनेछ भन्ने अपेक्षा लिएको छु । साथै मलाई सचिव पदमा सहमति गर्नु हुनेछ भन्ने पूर्ण विश्वासमा छु ।” पार्टीको नेतृत्व निर्विरोध चयन होस भन्ने आफ्नो चाहाना रहेको युवा नेता केसीले बताए । यदि निर्वाचन हुने अवस्था सिर्जना भयो भने आफू सशक्त रूपमा सचिव पदमा चुनावी मैदानमा जान समेत तयार रहेको बताए ।
को हुन ? युवा नेता केसी
विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका केसी २०५५मा अनेरास्ववियु षोडशा मावि कमिटी सचिव हुँदै राजनीतिक यात्रा तय गरेका थिए । पछि २०५६ बाट अनेरास्ववियु अछाम क्याम्पसमा क्याम्पस कमिटी अध्यक्ष भए । २०५७स्ववियु निर्वाचनमा केसीले अछाम क्याम्पसबाट लोकप्रिय मतका साथ सचिव पदमा निर्वाचित भएका थिए । विद्यार्थी आन्दोलनमा सशक्त आवाज उठाउने केसी २०६० मा अनेरास्ववियु जिल्ला कमिटी सचिव भएर काम गरे ।
विद्यार्थी राजनीतिलाई मजबुद बनाउँदै उनी पुनः २०६१ मा अनेरास्ववियु जिल्ला कमिटी संयोजक र अध्यक्ष हुँदै तीन कार्यकाल बिताएका थिए । २०६२मा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुको तर्फबाट अछाम बहुमुखी क्याम्पसमा स्ववियु सभापति बनेका केसी २०६४ मा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेका थिए भने सुदूरपश्चिम ब्युरो सचिव भएर काम गरेको अनुभव केसी सँग रहेको छ । २०६९बाट नेकपा एमाले जिल्ला कमिटी सदस्य भएका केसी २०७८ साल देखि नेकपा एमाले जिल्ला कमिटी सचिवालयमा सदस्य तथा मंगलसेन नगर इन्चार्ज रूपमा काम गरिरहेका छन ।
युवाहरूमाझ लोकप्रिय रहेका केसी पार्टीमा सबैलाई मिलाएर लैजान सक्ने खुबी भएका नेता समेत हुन् । केसीलाई सचिबको बलियो उम्मेद्धारको रूपमा हेरिएको छ ।
प्रतिकृया दिनुहोस