नेकपा एमाले अछामको ९ औँ जिल्ला अधिवेशन आज बाट सुरु हुँदै,केद्रिय सचिव भट्टले उद्घाटन गर्ने

छिनोफानो   शनिबार १३, बैशाख २०८२ ११:१४

धनगढी  । नेकपा एमाले अछामको ९ औँ जिल्ला अधिवेशनको उद्घाटन  केही समयमा जिल्ला सदरमुकाम अछाममा हुदैछ । 

अधिवेशनको एमाले सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्टले उद्घाटन गर्ने भएका हुन् । सचिव भट्ट शुक्रवार अछाम आइपुगी सकेका छन । अधिवेशनका लागी जिल्लाका सम्पूर्ण प्रतिनिधिहरू जिल्ला पुगी सकेको एमाले अछामले जनाएको छ । अहिले विभिन्न ठाउँबाट ¥याली आउने काम जारी छ ।

एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासन गरेपछि पहिलो पटक अछाम जिल्ला अधिवेशन हुन लागेको हो । सुदूरपश्चिम प्रदेशका आठ ओटै जिल्लामा अधिवेशन सम्पन्न भइसकेको भए पनि अछाम जिल्लामा अधिवेशन हुन सकेको थिएन । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु