धनगढी । भरखरै मात्र सञ्चालनमा आएका दुर्गा भवानी टुर एण्ड ट्राभल्स प्रा.लीले भारतका विभिन्न सहर जाने यात्रुलाई पलियामा अलपत्र पारेपछि उनीहरू धनगढी फर्किएका छन । भारतको बेङ्ग्लोर,हैदराबाद जाने भन्दै दुर्गा भवानीबाट टिकट काटेका करिब ८१ जना यात्रु धनगढी फिर्ता भएका हुन । शनिवार धनगढी चौराहामा रहेको ट्राभल्सको कार्यालयबाट टिकट काटेर गएका यात्रुहरूलाई सञ्चालकले पलियामा अलपत्र छोडेर आफू सम्पर्क विहीन भएका हुन ।
रातभर पलियामा सडकमा रात बिताएका यात्रुहरू आइतबार बिहान धनगढी फिर्ता भएका हुन । परिवार सहित भारतको बेङ्ग्लोर जानका लागि हिँडेका बझाङका धर्मराज बोहोराले भने “बेलुका लोकल बसमा गौरीफाण्टा बाट आफूहरूलाई लिएर पलियाको एक ढाबामा छोडेको र त्यहाँ केही समयमा बस आउँछ भन्दा भन्दै कुर्दा रात भर सडकमै रात बितेको बताए ।” बालबच्चाहरूलाई पलियाको सडकमा रातभर राख्नु परेको बताउँदै उनले भने “बिहान सम्म पनि सञ्चालक सम्पर्कमा न आयपछि आफूहरू फिर्ता भएको बताए ।” धनगढी देखि बेङ्गलोर सम्म रु २९ सय भारुमा टिकट काटेको बताउँदै टिकट काटेका करिब ८१ जना सबै फिर्ता भएको उनले बताए ।”
यस्तै भारतको बैङ्ग्लोरकै लागि टिकट काटेका डडेलधुरा आलितालका हरि सिंहले सञ्चालकले यात्रुहरू माथि गरेको अत्याचारको बदला चुकाउनु पर्ने बताए ।” उनले भने “हामी मजदुरी गर्न भनेर सीमित भाडा बोकेर जान्छौ पलियामा बस सञ्चालकहरूले ढाबाहरुबाट समेत लुट्ने गरेको बताए ।”
आफू लगायत ५ जनाले दुर्गा भवानी बाट टिकट काटेको र सबै फिर्ता भएको उनको गुनासो छ । बझाङ घर भैँ भारतको बेङ्गलोरको लागि टिकट काटेका एक यात्रुले “आफूलाई बेलुका ७ बजे गौरीफाण्टाबाट लिएर ९ बजे पलियाको एक ढाबामा छोडेको र तेस्पछी बिहान सम्म सञ्चालक सम्पर्कमा न आएर फरार रहेको बताए ।”
यो बिषयमा दुर्गा भवानी टुर एण्ड ट्राभल्सका सञ्चालक वीरेन्द्र जफरेलाई बुझ्दा उनले काम विशेष आफू डडेलधुरा रहेको र यस घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताए ।” मैले अन्य साथीहरूलाई यो बारे बुझ्न खोज्दा कै सँग पनि सम्पर्क हुन नसकेको प्रतिक्रिया दिए ।” जिल्ला प्रहरी कार्यालय कैलालीले यात्रुहरू एक रात पलियामा अलपत्र परेर फिर्ता भएको जानकारी आए पनि आधिकारीक निवेदन नआएको जनाएको छ । निवेदन आए आवश्यक कानुनी कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्गा भवानी टुर एण्ड ट्राभल्स प्रा.लीले केही महिना अगाडि मात्र सञ्चालनमा आएको थियो ।
भिडियो सहित
प्रतिकृया दिनुहोस