ट्राफिक प्रहरी कार्यालय अत्तरियाको प्रमुखमा शाही आउने,बस्नेतको सुर्खेत सरुवा

छिनोफानो   सोमबार १५, बैशाख २०८२ ०८:४१

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) प्रेम बहादुर शाही आउने भएका छन् ।

सोमबार प्रहरी प्रधान कार्यालयले गरेको ६३ एसपीको सरुवामा शाहीको अत्तरियामा सरुवा भएको हो । उनी यसअघि नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा महेन्द्रनगरमा कार्यरत रहेका थिए । शाही यसअघि डिएसपी हुँदा इलाका प्रहरी कार्यालय मालाखेतीको पनि काण्डमा सम्हालेका थिए ।

यसअघि ट्राफिक प्रहरी कार्यालय अत्तरियाको प्रमुखमा राजीव बहादुर बस्नेत रहेका थिए । उनको कर्णाली प्रदेश प्रहरी कार्यालय मानव श्रोत व्यवस्थापन महाशाखा, सुर्खेत सरुवा भएको छ । यद्यपि उनी काजमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार काठमाण्डौंमा रहने छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु