ओलीले केन्द्रबाटै जिल्ला कमिटी गठन गरेर पठाए पछि एमाले अछामको अधिबेशनमा भाडभैलो

छिनोफानो   मङ्गलबार १६, बैशाख २०८२ १२:०२

अछाम । निकै रस्साकस्सीका बिच नेकपा एमाले अछामको नेतृत्व घोषणा हुने भएको छ । चार दिन सम्म पनि पदाधिकारी टुङ्गो लगाउन नसकेपछि अन्तमा केन्द्रीय नेतृत्वले शिव प्रसाद उपाध्यायलाई जिल्ला कमिटी अध्यक्षमा  सिफारिस गरेको थियो । केन्द्रीय नेतृत्वले एकल ढङ्गबाट नेतृत्व चयन गरेको भन्दै अन्य आकाङ्क्षीहरू भने रुष्ट बनेका छन । 

अहिले सम्म निर्वाचन समिति छलफल मै रहेको भए पनि शिव प्रसाद उपाध्यायको नाममा नै सहमति नजिक पुगेको एमाले अछामका एक नेताले बताए । आकाङ्क्षीहरू धेरै भएपछि सहमति जुटाउन नेतृत्वलाई निकै सकस परेपछि अन्त्यमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक्सन लिँदै घोषणाको तयारी भएको समाचार श्रोतको भनाई छ । समाचार श्रोत भन्छ “अहिले सम्म निर्वाचन समितिमा प्रस्ताव भइसकेको छ घोषणा हुन मात्र बाकी छ ।”केन्द्रीय नेतृत्वले दबाब सिर्जना गरेपछि अन्य आकाङ्क्षीहरू पछि सरेको श्रोतको भनाई छ । 

अध्यक्ष पदका आकाङ्क्षी चन्द्र बोहरा र बम बहादुर बिसीले तत्काल चुनावी प्रक्रिया थाल्न माग गरेको भएपछि अन्त्यमा उनीहरू पनि सहमति नजिक पुगेको बताइएको छ  । जिल्ला सदस्यहरूको टुंगोलाग्ने बित्तिकै कमिटी घोषणा गर्ने तयारी भइरहेको बताइएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु