कैलालीबाट लागुऔषध कारोबारमा प्रहरी जवानसहित ६ जना पक्राउ

छिनोफानो   बुधबार २९, जेठ २०८२ ११:१५

धनगढी । कैलालीमा लागुऔषधकारोबारमा प्रहरी जवानसहित ६ जना पक्राउ परेका छन्।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान समेतका ६ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले लागुऔषध खैरो हेरोइनसहित गोदावरी नगरपालिका–९ घर भएका प्रहरी जवान चिरन्जीवी बिसीलाई पक्राउ गरिएको जानकारी दिए। उनको साथबाट तीन सय ८० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको छ।

यस्तै गोदावरी नगरपालिका-५ को गेटाबाट २० वर्षीय कमल रिजाललाई पनि पक्राउ गरिएको छ। उनको साथबाट पाँच ग्राम १८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। रिजाललाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी सिंहले बताए।

यस्तैै घोडाघोडी नगरपालिकाको सुखडबाट लागुऔषधसहित थप चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गएराति करीब साढे १० बजेको समयमा विशेष सूचनाका आधारमा घोडाघोडी नगरपालिका-१ को सुखडबाट उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा घोडाघोडी-१ कै लक्ष्मीपुर बस्ने २० वर्षीय उमेश नाथ योगी, १९ वर्षीय बिनोद मिजार, १९ वर्षकै दिनेश बहादुर बिष्ट र दुई जना १८ वर्षीय किशोर रहेको प्रहरी नायब उपरीक्षक९डीएसपी० सिंहले बताए। उनकाअनुुसार उनीहरुको शरीर खानतलासी गर्दा २१ ग्राम ८२० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ। पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु