नयाँ दिल्ली । अहदाबादमा दुर्घटनाग्रस्त भएको एयर इण्डियाको विमानभित्र रहेका यात्रुलाई एम्बुलेन्समा राखेर अस्पताल लगिँदैछ । टाइम्स अफ इण्डियाका अनुसार गुजरातका मुख्यमन्त्री रुपनी बिजयसहित २४२ यात्रु र चालक दलका सदस्य विमानभित्र थिए । लण्डन उड्ने क्रममा टेक अफ लिएलगत्तै विमान केही पर पुगेर आकाशमै आगो लागेको देखिन्छ ।
विमानमा सवार यात्रुको उद्दार गरेर अस्पताल लगिरहेको दृष्य देखाइए पनि हताहतीबारे अहिलेसम्म त्यहाँका अधिकारीले केही बताएका छैनन् ।
अहिले अहमदाबाद बिमानस्थल बन्द गरिएको छ भने दुर्घटनास्थलबाट अस्पताल जाने बाटोमा अरु गाडी बन्द गरेर एम्बुलेन्स तथा दमकलमात्र प्रवेश गर्न दिइएको छ । यसअघि सन् १९८८ पनि यही विमानस्थलमा विमान दुर्घटना हुँदा १३३ जनाको ज्यान गएको थियो ।
समाचार संस्था एएनआइका अनुसार विमानमा १६९ जना भारतीप्य,५३ ब्रिटिस र,७ जना पोर्चुगिज र एकजना क्यानेडियन नागरिक सवार थिए । घाइतेहरुलाई नजिकका अस्पतालमा लगिएको छ । विमान आगो लागेर नष्ट भएकाले धेरै यात्रु हताहतीको अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस