रामारोशन जाने सडक पहिरोका कारण अवरुद्ध

छिनोफानो   शनिबार ३२, जेठ २०८२ ११:४६

अछाम । अछामको प्रमुख पर्यटकिय क्षेत्र रामारोशन जाने सडक पहिरोका कारण अवरुद्ध बनेको छ । अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले शनिबार बिहान सुख्खा पहिरो खस्दा शान्तडा रामारोशन सडक अवरुद्ध भएको जानकारी दिए ।

प्रहरीका अनुसार सडकको करिब २५ मिटर भागमा माथिबाट आएको पहिरोले ढाकेको छ । सडक खुलाउनका लागि रामारोशन गाउँपालिकाले पहल गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु