काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरूसँग भएको दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने बताएका छन् ।
आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीको क्रममा उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले पनि सहमतिमा जानुपरेको बताए । उनले भने -अहिले हामीले एकातिर सङ्घीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्नेछ, लाखौं शिक्षकहरुको माग अनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्ने छ । टीआरसीसँग सम्बन्धित कयौं विषय अगाडि बढाउनुपर्ने छ। यस्तो बेलामा सदन अवरोधले मात्र निकास ननिस्कने भएकोले सहमतिमा गएका हौँ ।
प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले चेतावनीको भाषा बोलेकोबारे पत्रकारको प्रश्नमा प्रचण्डले त्यसको जिम्मेवार लेखक नै हुने उल्लेख गरे । सुशासनको निम्ति भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा हाम्रो जोड रहन्छ । अध्ययन गहिरो गरी हुनुपर्यो, संरचना बन्नुपर्यो। त्यो कुरामा सहमति भएको छु प्रचण्डले भने।
पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साट्यो भन्ने आरोपलाई उनले सोझै इन्कार गरे । उनले भने–ुयो वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्या छन्। त्यस्तो केही होइन। भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन।
दुई बुँदे सहमतिपछि माओवादी सत्तामा जान चाहेको हो रु भन्ने प्रश्न पनि उनले खण्डन गरे । अहिले सत्तारुढ दलसँग भएको सहमति सत्तासँग सम्बन्धित नरहेको उनको भनाइ छ ।
एक फरक प्रसङ्गमा प्रचण्डले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै ऐन कानुन वा विश्वको कुनै परम्पराले नरोकेको जिकिर गरे ।
प्रतिकृया दिनुहोस