कञ्चनपुरबाट एक जना फरार प्रतिवादी पक्राउ

छिनोफानो   आइतबार ०१, असार २०८२ १०:५४

कञ्चनपुर। लागूऔषध मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ भदौ २० गतेको फैसलाले लागूऔषध मुद्दामा २ महिना २९ दिन कैद सजाय तोकिएपछि फरार रहेका भीमदत्त नगरपालिका–१० गज्जर बस्ने २९ वर्षीय नरेन्द्र कार्की पक्राउ परेका छन्। कार्कीलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु