इजरायल भ्रमणमा रहेका विराटनगरका मेयर युद्धका कारण उतै फसे

छिनोफानो   सोमबार ०२, असार २०८२ ०८:४७

विराटनगर । इजरायलको भ्रमणमा रहेका विराटनगर महानगरका मेयर नागेश कोइराला इरान र इजरायलबीचको युद्ध चर्किएपछि इजरायलमा फसेका छन् ।

इजरायलमा विकास भएको खेती प्रणालीको अवलोकन गर्न सात दिन अघि इजरायल पुगेका मेयर नागेश कोइराला युद्धका कारण इजरायलमा फसेका हुन् ।

उनी इजरायलको राजधानी भन्दा ३० किलोमिटर पर सेफाइ भन्ने सहरमा रहेका छन् । इजरायल सरकारको निम्तोमा उनी इजरायल गएको उनको सचिवालयले जनाएको छ । कोइराला जुन २० मा फर्कने कार्यक्रम थियो ।

इरानसँग युद्ध चर्किएपछि नेपाल फर्कन अनिश्चित भएको मेयर कोइरालाले बताए । उनका अनुसार उनी इजरायलको सहकारी अभ्यासबारे अध्ययनका लागि इजरायली निम्तोमा सात दिन अघि त्यहाँ पुगेका थिए । सो कार्यक्रममा इजरायल पुग्ने कोइराला एक्ला नेपाली सहभागी हुन् । उनले फिलिपिन्स लगायतका देशबाट अन्य सहभागी कार्यक्रममा गएको बताए ।

 

युद्ध चर्किएपछि अहिले इजरायलका विमानस्थलहरू बन्द रहेका छन् । विमानस्थल बन्द भएका कारण नेपाल फिर्ती अनिश्चित बनेको मेयर कोइरालाले बताए ।

केही दिनयता इजरायल र इरानबिच आक्रमण र प्रत्याक्रमण चल्न थालेपछि उनीसहित त्यहाँ पुगेका विश्वका विभिन्न देशका जनप्रतिनिधिहरू बङ्करमा लुक्दै बस्न बाध्य भएका छन् ।

मेयर कोइरालाले आफू सेफाइ भन्ने ठाउँमा सुरक्षित रहेको जानकारी दिएका छन् । कोइरालाले आफू सहितको टोलीमा फिलिपिन्सका दुई सांसदसहित १७ जना जनप्रतिनिधिहरू रहेको बताए ।

यहाँ बेलाबेला साइरन बजिरहँदो रहेछ’, कोइरालाले भने ‘इरानले बम या अरू कुनै आक्रमण गर्न लाग्दा साइरन बजेपछि डेढ मिनेटभित्र बङ्करभित्र छिरिसक्नुपर्ने रहेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु