प्रदेश सरकारद्वारा बयालपाटा अस्पताललाई ८ करोड बजेट बिनियोजन

छिनोफानो   सोमबार ०२, असार २०८२ ०९:२७

अछाम:सुदूरपश्चिम प्रदेश सरकारले अछामको बयालपाटा अस्पताललाई ८ करोड बिनियोजन गरेको छ। आगामी आर्थिक बर्ष २०८२/८३का लागि अस्पताल सञ्चालन खर्च ७ करोड ५० र पुजिगत ५० लाख बजेट बिनियोजन गरेको सामाजिक बिकास मन्त्री मेघराज खड्काले बताए ।

यस अघि संघिय सरकारले बयालपाटा अस्पताला लागि ६ करोड बिनियोजन गरेको थियोे ।केन्द्र सरकारको स्वास्थ मन्त्रालयले बिनियोजन गरेको ६ करोड बजेट बाहेक प्रदेश सरकारले ८ करोड बिनियोजन गरिएको मन्त्री खड्काले बताए ।अब संघ र प्रदेश सरकारको गरि बयालपाटा अस्पतालका लागि १४ करोड रकम भएको छ।

बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन प्रदेश सरकार मातहत ल्याउन कानूनी प्रबन्ध गरी प्रदेशस्तरको अस्पतालको रूपमा सञ्चालन गर्नका लागि आफू कानुनि प्रक्रिया अगाडि बढिरहेको मन्त्री खड्काले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु