बनवेहडा, २ असार : वरिपरि स–साना नानीहरू, तिनै नानीहरुको विचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गरेकी गौरीगंगा–६, वनबेहडा कक्षा ४ मा विद्यार्थी हुन पार्बती कडायत । उनमा पढाईको हुटहुटी चलेपछि वनबेहडाको अमर माध्यमिक विद्यालयमा पढ्न सुरु गरेकी हुन ।
उमेरले उनी ५२ बर्ष नाघिसकेकी उनी हेर्दा लाग्छ, ती नानीबाबुलाई सिकाउने शिक्षिका जस्तै । तर, उनी शिक्षिका नभई नाति–नातीना उमेरका तिनै साना नानीहरुसँगै बसेर बर्णमाला र अकं गणित पढाईलाई उच्च कक्षा ४ कक्षाको विद्यार्थी हुन ।
‘नातिलाई विद्यालयको गृहकार्य गर्न लगाउँदा हजुरलाई एक, दुई तीन त आउदैन मलाई के पढ्–पढ् भन्नुहुन्छ ? भनेर जवाफ फर्काएपछि सिक्नको लागि नाति सँगै विद्यालय गईन र स्कुल भर्ना भए’, उनले भनिन, ‘छोराको खुट्टामा चोट लागेपछि औसधि उपचारको सिलसिलामा अस्पताल गएको थिए । त्यतिबेला नपढेका कारण औसधि किन्न तथा ओहोरदोहोरमा सार्है समस्या झेल्नुपरर्यो । त्यही बेला परेको अप्ठ्यारो र आफू नपढेको हिनताबोध भयो र पढनुपर्छ भन्ने सोच आफुमा जाग्यो ।’
५ बर्षको नातीले लगाएको वचन र उपचार गर्न जाँदा अस्पतालमा झेल्नु परेको समस्याले स्कुलको कक्षाकोठा सम्म पुर्याएको उनको भनाई छ । ‘मलाई पढ्न मन त पहिला देखि नै थियो तर, त्यो दिन नातिले त्यसो नभनेको भए म अझै पनि घरधन्दा मै अल्झिरहेन्थे होला,बन जंगल चहार्थै होला ।’
सात बर्ष देखि एकल महिला भएर छोराछोरीको जिम्मेवारी पूरा गर्दै आएकी पार्बती कडायत अहिले पनि घरको काम सकेर अन्य विद्यार्थी सरह झोला बोकेर अध्ययनका लागि विद्यालय आउने गरेकी छन । कक्षा शिक्षक नवीन विस्टले पनि पढाएको कुरा लाई छिट्टै बुझ्ने र सिक्ने क्षमता भएको हुनाले उहाँलाई कक्षा २ र ३ मा राम्रै अंक ल्याएर पास भएको बताए । ‘कक्षामा उहाँ शिक्षकले पढाएको राम्रै सँग बुझ्नुहुन्छ, दिएको गृहकार्य पनि सबै गरेर आउनु हुन्छ । अक्षर पनि निकै सफा छन उहाँको’, उनले भने ।
पार्बतीलाई कक्षामा सबैजनाले हजुर आमा भनेर सम्बोधन गर्छन् । कक्षा बाहिर भित्र ओहोर–दोहोर गर्दा र पानी खान, शौचालय जान अन्य विद्यार्थीहरुले हजुर आमा जाँउ भनेर सोधेर जान्छन । उनको नम्रता तथा मिलनसार ब्यवहारले कक्षाकोठा पुरै शान्त देखिन्छ । लगातार पास भएर एसइई परीक्षा उतिर्ण गर्ने उनको जिवनको एउटै धोको छ । उनले अहिले बाह्रखरी अक्षर चिन्नुका साथै अंकहरु मज्जाले लेख्न र पढन सक्छन । इकार र आकारमा मात्राहरु सिक्न र आधा अक्षरहरु चिन्न बाँकी रहेको र अन्य विषयमा सामान्य भएपनि अंग्रेजीमा केही समस्या बेहोर्नु परेको साथै, स्कुल पढ्न गए देखि आफुले जानेको कुरा अरुलाई सिकाउन र नजानेका कुरा अरुबाट सिक्न पाँउन्दा पनि खुशी लागेको उनी बताउने गरेकी छन् । सामान्यतया नाती–नातिनी स्याहारेर बस्ने उमेरमा पनि पढ्न थालेपछि इच्छा भए पढाईलाई उमेरले छेक्दैन भन्ने कुरालाई उनले साबित गरि दिएकी छन ।
यो उमेरमा पनि पढाईलाई पूरा गर्ने अठोट लिएर स्कुल जानू अत्यन्तै अनुकरणीय काम रहेको साथै उमेर ढल्के सँगै विद्यालयमा आउने महिलालाई सम्मानका साथ शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराउने र सम्मान गर्ने विद्यालय ब्यवस्थापन समिती अध्यक्ष दानबहादुर कुँवरले बताएका छन ।
‘सानो छँदा आमाको मृत्यु, पढ्ने उमेर मै बिहे भएपछि उनको पढाई टुटेको थियो । पढ्ने उमेरमा बिहे भयो । बिहेपछी घर ब्यवहारले च्याँप्यो । छोराछोरीलाई हुर्काउन, पढाउन मै समय बित्यो । अहिले छोराछोरी हुर्के, जागिरे भए अनि पढ्ने अठोट लिईन । पढ्ने उमेर गयो भनेर बस्नु भन्दा पढनका लागि उमेरले छेक्दैन भन्ने लागेर पढाई सुरु गरेकी हुँ’ उनले थपिन ।
सानो छँदा बाख्राको गोठालो र बुझ्ने हुँदा घरको चुलो चौको मै स्कुले जीवन बिताएकि पार्बतीको दैनिकी आजभोली भने फेरिएको छ । यतिखेर उनी चुलो चौकोका साथै किताब सँग पनि रमाउन थालेकी छन ।
प्रस्तुति : हेमन्त राज जोशी (बाजे) उनी सामाजिक व्यक्तित्व हुन ।
प्रतिकृया दिनुहोस