मङ्गलसैन नगरपालिका वडा न ६ को आर्थिक बर्ष ०८२/०८३ को योजना तर्जुमा तथा वडा भेला कार्यक्रम सम्पन्न

छिनोफानो   बिहिबार ०५, असार २०८२ १०:५१

अछाम । मङ्गलसैन नगरपालिका वडा न ६ को आर्थिक बर्ष २०८२/०८३ को योजना तर्जुमा तथा वडा भेला कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी पुर्व वडा अध्यक्ष जनकराज भण्डारी रहनु भएको थियो भने बिशिस्ट अतिथि पुर्ब गाबिस अध्यक्ष प्रभुनाथ भण्डारी रहनु भएको थियो ।

वडा अध्यक्ष भण्डारीले वडाको प्रगती र आगामी योजनाको बारे आफ्नो प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाली काङ्रेसका हेमराज भण्डारी ,एमालेका पुष्पराज भण्डारी ,स्वतन्त्रका सेतिराम भण्डारी लगायतको सहभागीता रहेको थियो । वडा सदस्य जन्म राज भण्डारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको संचालन सचिब कृष्ण प्रसाद जैशीले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु