अछाम । अछामको मङ्गलसैन नगरपालिका ९ ओलिगाउमा रहेको मङ्गला प्राबीको दुई कोठे भवन हस्तान्तरण नहुदै चुहिन थालेको छ । सघिय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको १८ लाख लगानीमा बनेको भवन हस्तान्तरण नहुदै चुहिन थालेको हो ।
ठेकेदारले कमसल सामाग्रीहरु गरेकोले भवन चुहिन थालेको स्थानियको भनाई छ । निर्माण सुरु भएको करिब ५ बर्ष भन्दा बढी भैईसक्दा समेत सो भवन हस्तान्तरण भएको छैन । भवनको ढलान गर्दा प्राबिधिकले भने अनुसार ठेकेदारले नगर्दा भवन चुहिने भएको स्थानियको भनाई छ । हाल सम्म मङ्गलसैन नगरपालिकाले चुहिने भवन लाई मर्मत नगर्दा सम्म भुक्तानी नदिने भन्दै करिब ५ लाख रकम रोकेको छ । हाल सो बिधालय मर्ज भैईसकेको छ ।
मङ्गलसैन नगरपालिकाका ईन्जिनियर खम्म केशीले ठेकेदारले कमसल सामान प्रयोग गरेपछी आफुहरुले बिल समेत नउठायको बताए । हामिले पटक पटक भवन चुहिने भएको ठाउँ मर्मत गर्नुस भन्दा समेत ठेकेदारले वास्ता नगरेको उनले बताए । आफ्नो प्राबिधिकले भवन ढलानमा कमसल सामान प्रयोग भएको भन्दा धम्की दिने सम्मको काम भएको उनले बताए । हामी कुनै पनि हालतमा त्यो भवनको चुहिने लगायतका समस्या समाधान नहुदा सम्म भुक्तानी दिदैनौ उनले भने । सुरुमा काम सुरु गर्न केही पैसा पेश्की दिएको भएपनी पछि काम राम्रो नहुदा बाकी रकम रोकेको उनले बताए ।
बिधालयको दुई कोठे भवनको लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत आयको १८ लाख पैसा बालुवाम पानी खन्याए सरह भएको स्थानियबासीको भनाई छ । नगरपालिकाले कमसल सामाग्री प्रयोग भएको भन्दै रकम रोके पनि प्रधानाध्यापक र अध्यक्षले बिद्यालयको मुद्दतीखातामा रहेको पैसा आफुखुसी झिकेर ठेकेदारलाई दिएको स्थानियले आरोप लगायका छन । मुद्द्ती कोषमा रहेको ५ लाख बढी रकम प्र अ र अध्यक्षले भवनमा खर्ज भएको भन्दै हिनामिना गरेको आरोप स्थानियले लगाउदै आयका छन ।
आर्थिक बर्ष २०७८/०७९ मा सो भवन निर्माणका लागि मङ्गलसैन नगरपालिकामा सम्झौता भएको थियो । सम्झौता भएको ५ बर्ष पुग्न लाग्दा पनि सो भवनको निर्माणको जिम्मा लिएका बिब्यास अध्यक्ष तथा प्रधानाध्यापकले ठेकेदार सङ्ग मर्मतका लागि कुनै पहल स्थानियको गुनासो छ ।
यता मङ्गला प्राबी का तत्कालीन प्रअ भैरब सिह रावलले आफुले बिद्दालयको पैसा एक रुपैया पनि खर्ज नगरेको दाबी गरेका छन । बिद्दालयलाई भवनको समस्या थियो सो माग गर्दा हामिले मुद्दतीबाट पैसा निकालेर एजेन्टलाई ३ लाख दिएका हौ बाकी पैसा भवनको सामाग्री किनेको तिरेका छौ उनले भने । यो बिषयमा ठेकेदारलाई सम्पर्क गर्न खोज्दा मोबाइलमा सम्पर्क हुन सकेन ।
प्रतिकृया दिनुहोस