मङ्गलसेन नगरपालिकाको एसईई नतिजा : जाल्पा माबिको नतिजा खस्कियो,यशोधरा माबी बन्यो उत्कृष्ट

पवन भण्डारी   आइतबार १५, असार २०८२ १२:१५

अछाम । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा अछामको मङ्गलसैन नगरपालिका १३ मा  रहेको यसोधरा माबीले उकृष्ट नतिजा ल्याएको छ भने मङ्गलसैन ७ मा रहेको जाल्पा माबी पुन: निराशाजनक नतिजा ल्याएको छ । 

शुक्रबार साँझ सार्वजनिक भएको नतिजा अनुसार नगरमा भएका कुल ११ बिद्यालय मध्ये यसोधरा माबिले ९३% ल्याउदै नगरकै पहिलो बनेको हो ।  बिद्यालयमा रहेका १५ जना बिद्यार्थी मध्ये १४ जना उतिर्ण भएका छन । यस्तै नगरमा रहेका ११ बिद्यालय मध्ये जाल्पा माबिबाट सबै भन्दा कम बिद्यार्थी उतिर्ण भएका छन । जाल्पा माबी मुङ्ग्राचौरबाट एसईईमा सहभागी कुल ३२ जना बिद्यार्थी मध्ये ६ जना मात्र उतिर्ण भएका छन जुन कुल १९% हो  ।

जाल्पा माबीमा  पछिल्लो समय शैक्षिक गुणस्तर खस्किदै गएको प्रती स्थानिय नागरिकहरुले सामाजिक संजालमा आक्रोश समेत पोखेका छन । जाल्पा माबि २०७९ को परिक्षामा झण्डै निल हुन बाट बचेको थियो भने २०८० मा केही सुधार गरे पनि २०८१ मा समेत सोही हालत दोहोरीयको छ। शिक्षा शाखा मङ्गलसैनले सार्बजनिक गरेको नतिजा अनुसार नगरमा  रहेका बिद्यालयमा दोस्रो मा राधा माबी र तेस्रो मा शोडषा माबि रहेका छन । राधा माबिले ८३% र शोडषाले ६८% बिद्यार्थी उतिर्ण गराउन सफल भएको शिक्षा शाखा मङ्गलसैले सार्बजनिक गरेको छ । मङ्गलसैन नगरपालिका बाट यश बर्षको एसईई परिक्षामा सहभागी कुल ५ सय ४५ मध्ये २ सय ७९ बिद्यार्थी उतिर्ण भएका छन । यो कुल बिद्यार्थीको ५१% हो । 

 

 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु