कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका-४ मदन चोकबाट भीमदत्त नगरपालिका-१० बस्ने २० वर्षीय नबिन धामी लागूऔषधसहित पक्राउ परेका हुन्। धामीलाई ७.४५ ग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको छ।
प्रतिकृया दिनुहोस