लामिछानेको सुरक्षालाई ध्यानमा राखी बसाइको व्यवस्था मिलाइएको छ : कारागार कार्यालय

छिनोफानो   शनिबार २५, साउन २०८२ ०१:५४

काठमाण्डौ – कारागार कार्यालय रूपन्देहीले सहकारी ठगीसम्बन्धी मुद्दामा भैरहवा कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको सुरक्षालाई ध्यानमा राखी व्यवस्थापन गरिएको जनाएको छ ।

कारागार प्रशासनले विज्ञप्तिमार्फत लामिछानेको कारागार बसाइको व्यवस्थाका लागि एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको जानकारी दिएको हो ।

रूपन्देही कारागार प्रशासक सुरेश भण्डारीले निकालेको विज्ञप्तिमा अहिले निलम्बनमा रहेका प्रतिनिधिसभा सदस्य लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा थुनुवाका रूपमा विगत चार महिनादेखि भैरहवा कारागारमा रहेका उल्लेख छ ।

लामिछानेसँग समयसमयमा भेट गरी समस्या तथा आवश्यकताकाबारे सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधानसमेत गर्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।

कारागार कार्यालयको विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाइएको छ । सुरक्षाका दृष्टिले कारागार संवेदनशील क्षेत्र भएको हुँदा त्यसतर्फ गम्भीर बन्न पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु