कैलाली कारागारमा ज्यान गुमाएका चौधरीका परिवारलाई पाँच लाख सहयोग दिइने

छिनोफानो   सोमबार २७, साउन २०८२ ११:००

धनगढी । कैलाली कारागारमा कैदीबिचको हिंसात्मक झडपमा परी ज्यान गुमाएका भरत चौधरीका परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ ।

आइतबार राति बसेको प्रदेश सुरक्षा समितिको बैठकले राहत स्वरुप चौधरीका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो । गत शुक्रबार राति कारागारभित्र कैदीबिच हिंसात्मक झडप हुँदा घाइते धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय चौधरीको उपचारको क्रममा ज्यान गएको थियो ।

उक्त घटनामा धेरै कैदी घाइते भएका छन् । घाइते कैदीहरुको सरकारी खर्चमा उपचार गर्ने व्यवस्था मिलाउने समितिको बैठकले निर्णय गरेको सुरक्षा समितिका सदस्य सचिव एवम् आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव आमोद दाहालले जानकारी दिनुभयो । घाइते कैदीहरुको धनगढी र काठमाण्डौंमा उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु