धनगढी । अमेरिकाको टेक्सासमा बस्दै आउनु भएकी लता सुबेदीको एनआरएनए टेक्सास च्याप्टरको सचिव पदमा उम्मेदवारी दिएकी छन् । अगस्ट १६ र १७ गते हुने चुनावमा सुबेदीले महिला सचिब पदको उम्मेदवारी दिएकि हुन । सुदुर पश्चिम प्रदेश धनगढी घर भएकी सुवेदी दर्ता गर्नु भएको सचिब पदका लागी दुइजनाको उम्मेदवारी रहेको छ । उनको प्रतिश्पर्धामा रिना कार्की क्षेत्री रहेकि छन् ।
विगत १ दशक देखी अमेरिका बस्दै आएकी सुवेदी सामाजिक सेवामा समेत सक्रिय छन् । नेपालमा रहदा मिडिया क्षेत्रमा समेत सक्रिय रहेकी सुवेदी बिगत एक दसक देखि अमेरिका बस्दै आउनु भएको छ ।
उनले अमेरिका समस्यामा परेका नेपाली लाइ सहयोग तथा सहजिकरण गर्ने गरेकि छन् । त्यस्तै नेपालमा थुप्रै क्षेत्रमा सामाजिक कार्यमा समेत संलग्नता रहेको छ । अगस्ट १६ तारिकको १० बजे देखी १७ तारिकको बिहान १० बजे सम्म मतादान गरिसक्ने रहेको छ । मतदान प्रक्रिया अनलाइनमा हुने भएको छ ।
सिधा प्रहार संग कुरा गर्दै सुबेदीले भनिन ” आफुले यो चुनाब जितेमा अमेरीकामा रहेका नेपालीहरुको हक हितको लागि वकालत तथा पैरवी गर्ने वताईन ।” आफुले सस्थाको हित बिपरित कुनै काम नगर्ने र सस्थालाई उचाईमा लिन आफुले सक्ने सहयोग प्रयास गर्ने बताईन ।
अमेरिकामा रहेका नेपाली नागरिकहरुका समस्या समाधानका लागि आफु जहिले पनि लागि रहेको बताउदै सुबेदीले भन्छन ” अब जितेमा अझै मलाई उनिहरुलाई सहयोग गर्ने बाटो खुल्ने छ । ” साथै उनले सबैलाइ मतदाता लाई भोट हालेर सहयोग गरि बिजयी बनाई काम गर्ने अवस्था सिर्जना गरिदिन आग्रह गरेकी छन ।
प्रतिकृया दिनुहोस