अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिकामा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
गाउँपालिकाको जयगढ रोडबजारदेखि बरदादेवी मन्दिर जाने गेटमा नेपालको राष्ट्रिय झण्डा टाँग्ने क्रममा बिजुलीको पोलमा छोइएपछि करेन्ट लाग्दा १७ वर्षीय रोहित साउँदको मृत्यु भएको हो। मृतक झरना होटलका सञ्चालक गजेन्द्र साउँदका एक्ला छोरा हुन् ।
यस्तै समीर शाह, विनोद रावत, बम शाह र लव्सन सुनार घाइते भएका छन्।
कृष्णजन्माष्टमीको अवसरमा लाग्ने मेलाको तयारी स्वरूप स्थानीय किशोरहरू सार्वजनिक स्थलमा राष्ट्रिय झण्डा लगायतका सजावट गरिरहेका बेला यो दुर्घटना भएको हो। पश्चिम रैबार
प्रतिकृया दिनुहोस