कैलालीमा पाँच लाख बराबरका अबैध कुखुराका चल्ला सहित तीन जना पक्राउ

छिनोफानो   आइतबार ०१, भदौ २०८२ ०७:२९

धनगढी । कैलाली जिल्लाको कैलारी गाउँपालिका–८ मोहनपुर सीमाबाट भारततर्फबाट अबैध रुपमा नेपाल भित्र्याइएको कुकुराको चल्ला सहित ३ जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ४:३० बजे सीमाक्षेत्रबाट ५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका २० कार्टुन (झण्डै १,२०० वटा) कुकुराका चल्ला बरामद गरेको हो । बरामद गरिएको सामान बोकेका मोटरसाइकल सहित ३ जना पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ। 

पक्राउ परेका उनिहरुलाइ मोटरसाइकल सहित आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यलयमा बुझाइएको छ । 

कुकुराका चल्लालाइ पशु क्वारेन्टाइन कार्यालय कैलाली, कुकुरा तथा अण्डा उत्पादन किसान संघ कैलाली र कैलाली भन्सार कार्यालय धनगढीको रोहवरमा प्रस्तावित सिमा सुरक्षा गुल्मको आन्तरिक पेरिमिटर भित्र नस्ट गरिएको  सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा अवैध ढुवानी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपाल निरन्तर गस्तीमा खटिएको र यसरी पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान अघि बढाइरहेएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु