कञ्चनपुर । कञ्चनपुरबाट २ लाख ३० हजारका अवैध सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१७ मझगाँउ, कृष्णपुर नगरपालिका–५ वनदेवी जंगल नजिक र पुनर्वास नगरपालिका–११ टाउके बजार स्थित सडक छेउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ३० हजार ५२० बराबरको सामान बरामद गरिएको छ।
भन्सार छलीको कुर्ती, सुटपिस, सुरवाल, पाइन्ट, लेहेङ्गा, बच्चाको कपडा, शर्ट, भाँडावर्तन, बिजुली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
प्रतिकृया दिनुहोस