कैलाली कारागार घटना : लापरबाही गरेको भन्दै प्रहरी प्रमुख राणाको सरुवा

छिनोफानो   बिहिबार १२, भदौ २०८२ ०१:२४

धनगढी । कैलाली जिल्ला कारागारमा भएको झडप घटनापछि देखिएको लापरबाहीका कारण कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणालाई सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयले बुधबार उनलाई तत्काल प्रभावबाट मुख्यालय तानेको हो। राणाले कैलाली प्रहरीको नेतृत्व सम्हालेको चार महिना पनि नपुग्दा सरुवा हुनु परेको हो। उनी गत बैशाख २३ गते मात्रै कैलाली खटिएका थिए।

उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत एसपी नरेन्द्र चन्दलाई नयाँ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

साउन २३ गते राति कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए। सो घटनामा सुरक्षात्मक कमजोरी देखिएको भन्दै प्रशासनिक तहमा कारबाहीको प्रक्रिया अघि बढाइएको हो।

यसअघि सोही घटनापछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई समेत गृह मन्त्रालय तानेर डा. कृष्णप्रसाद लम्साललाई नयाँ सिडिओका रूपमा पठाइएको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु