बाजुरामा स्याउ पाक्यो, तर सडक अवरुद्धले किसान संकटमा

छिनोफानो   बिहिबार १९, भदौ २०८२ १०:३६

बाजुरा । स्याउले बारी राताम्य भए पनि किसानलाई खुसी दिन नसकेको छ । मार्तडी–कोल्टी सडक असार महिनादेखि नै अवरुद्ध भएपछि अहिले बारीमै थन्किएको स्याउ बेच्ने सम्भावना हराएको छ ।

बुढीनन्दा नगरपालिकाका किसान मानबहादुर रावतका अनुसार भदौको पहिलो हप्तादेख अन्तिमसम्म स्याउ पूर्ण रूपमा पाक्छ । तर त्यस अवधिभित्र बजारसम्म पु¥याउन नसके स्याउ सड्ने जोखिम बढेको छ ।

बाजुराको बडिमालिका, गौमुल, खप्तड छेडेदह, बुढीगङ्गाजस्ता पालिकामा सानो मात्रामा उत्पादन हुने भए पनि स्वामीकार्तिक खापर, जगन्नाथ र बुढीनन्दामा भने व्यावसायिक रूपमा स्याउ खेती बढिरहेको छ । किसानहरूले हाल स्थानीय जातसँगै गोल्डेन गाभा, डेलिसियस र फुजी गाला जातका स्याउ पनि लगाउन थालेका छन् ।

गत वर्ष खच्चडमार्फत ढुवानी गर्न अनुदान व्यवस्था गरेको कृषि ज्ञान केन्द्र बाजुराले यस वर्ष त्यस्तो सहयोग गर्न नसकेको जनाएको छ । अहिले जिल्लामा करिब १७० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ भने गत वर्ष करिब १,०२० मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

सडक खुलाउन डोजर परिचालन गरिएको भए पनि लगातार वर्षाले काम रोकिँदा किसान थप समस्यामा परेको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु