सामाजिक सञ्जाल निष्कृय हुँदा केही सरकारी निकायकै सेवा प्रभावित

छिनोफानो   शनिबार २१, भदौ २०८२ ०५:०९

काठमणडौ – सामाजिक सञ्जाल निष्कृय बनाउँदा सरकारी कार्यालयकै कतिपय कामहरु प्रभावित भएका छन् । धेरैजसो सरकारी कार्यालयहरुले आम नागरिकसम्म जानकारी पुर्‍याउन र प्रतिक्रिया तथा गुनासो लिनका लागि आधिकारिक रूपमा फेसबुक, ह्वाट्सएप, ट्विीटर, यूट्यूव, भाइवर लगायतका सामाजिक सञ्जालको प्रयोग गर्दै आएका थिए ।

सूचीकृत नभएका सामाजिक सञ्जाल निष्कृय बनाउँदा ति सेवाहरु प्रभावित भएका हुन् । सङ्घीय संसदसहित प्रदेश सभाका बैठकहरु यूट्यूव मार्फत लाइभ हुँदै आएका थिए । यूट्यूव बन्द भएकोले अब संसदका बैठकको प्रत्यक्ष प्रशारणमा समस्या हुने देखिएको छ ।

सभामुख देवराज घिमिरेले बिकल्प खोजिरहेको बताउनुभएको छ । तर लामो भिडियोको प्रत्यक्ष प्रशारणका लागि यूट्यूवको विकल्प भेट्न मुस्किल छ । प्रधानमन्त्री कार्यालयबाटै सञ्चालित ‘हेलो सरकार’ले फेसबुक, ट्विटर, ह्वाट्स्याप सहितका सामाजिक सञ्जालबाट समेत नागरिकको गुनासो सुन्ने र उजुरी लिने गरिरहेको थियो । तर अहिले कार्यालयको फेसबुक र ट्विटर दुई दिनदेखि निष्क्रिय छन् ।

यस्तै स्वास्थ्य मन्त्रालयले फेसबुकमार्फत स्वास्थ्यसम्बन्धी जानकारीहरु दिने गरेको थियो । मौसम पूर्वानुमान् सम्बन्धी जानकारीहरु फेसबुकमार्फत प्रभावकारी रूपमा नागरिक समक्ष पुगिरहेका थिए । प्रहरी कार्यालयका जानकारी दिन पनि फेसबुक तथा ट्वीटर सक्रिय थिए ।

याताायत कार्यालयले चालक अनुमती पत्रको परिक्षा मितिदेखि नतिजा समेत सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै आएको थियो । यी सबै किसिमका कार्यालयका सेवाहरु अहिले प्रभावित भएका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु