कैलाली लगायत सुदुरपश्चिमका बिभिन्न ठाँउमा पनि जेनजी पुस्ता प्रदर्शन

छिनोफानो   सोमबार २३, भदौ २०८२ १२:१६

धनगढी।कैलालीको धनगढीमा पनि जेनजी पुस्ता प्रदर्शनमा उत्रिएको छ।बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएको हो।बिज्ञापन जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन र विरोध सभा गरिएको छ।

उता सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा पनि जेनजी पुस्ता प्रदर्शनमा उत्रिएको छ।जिल्ला सदरमुकाम बागबजारमा युवाहरुले प्रदर्शन गरेका हुन्।

भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनका लागि जेनजी पुस्ता आन्दोलनमा उत्रिएको हो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु