धनगढी । आन्दोलनरत जेनजी पुस्ताले आज बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्। कैलाली बहुमुखी क्याम्पसबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्री कार्यालय पुगेपछि प्रदर्शनकारीले ‘हाम्रो साथी फिर्ता देु’ भन्दै जोरदार नाराबाजी गरेका हुन्।
धनगढीको मुख्य सडक अवरुद्ध बनेको छ। रातोपुलदेखि प्रदेश प्रहरी कार्यालयसम्म यातायात ठप्प पारिएको छ। सामाजिक सञ्जाल बन्दको विरोधसँगै भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी आन्दोलनले स्वर बुलन्द गरिरहेको छ। सोमबार प्रहरीको गोली लागेर १९ युवाको मृत्यु भएपछि आन्दोलन झन् तीव्र बनेको हो।
प्रतिकृया दिनुहोस