धनगढी ।कैलाली जिल्ला प्रशासन कार्यालयले धनगढीका विभिन्न स्थानलाई विशेष क्षेत्र घोषणा गर्दै सभा, जुलुस, प्रदर्शन, नाराबाजी, कोणसभा, घेराउ तथा अन्य कुनै पनि प्रकारका भीडभाडजन्य गतिविधि नगर्न आदेश जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आइतबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि उक्त आदेश जारी गर्नुभएको हो।
जारी आदेशअनुसार निषेधित क्षेत्रहरू यस प्रकार रहेका छन् :
प्रदेश प्रमुखको कार्यालय र निवास क्षेत्र
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा वरपरको क्षेत्र
सबै प्रदेश मन्त्रालय र निवास क्षेत्र
पूर्व प्रधानमन्त्री निवास क्षेत्र
विभिन्न सरकारी कार्यालयहरू
विभिन्न राजनीतिक दलका पार्टी कार्यालय क्षेत्र
पुष्पलाल चौक क्षेत्र, डिमोटी होटल आसपासको क्षेत्र
जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न र सम्भावित अप्रिय घटनालाई रोक्न यस्तो निर्णय गरिएको जनाएको छ।
प्रतिकृया दिनुहोस