ठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । हिजोदेखि शुरू भएको 'जेन जी' पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश सिलवालले जानकारी दिनुभएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले आज बेलुकी ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएकाे छ ।
'जेन जी' ले हिजाे गरेको प्रदर्शनका क्रममा १९ जना प्रदर्शनकारीको ज्यान गएकाे थियाे । त्यसैको विरोधमा आज देशभर प्रर्दशन चर्किएको छ ।
प्रतिकृया दिनुहोस