राष्ट्रपति पौडेलको उपस्थितिमा आज आन्दोलनकारी र सेनाबीच निर्णायक वार्ता हुने

छिनोफानो   बुधबार २५, भदौ २०८२ १०:०८

काठमाडौं । राजधानीमा जारी आन्दोलनबीच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा युवा आन्दोलनकारी र नेपाली सेनाबीच औपचारिक वार्ता हुने भएको छ। मंगलबार राति आन्दोलनकारी प्रतिनिधि र प्रधानसेनापति अशोकराज सिग्देलबीच अनौपचारिक छलफलपछि वार्ता गर्ने सहमति बनेको हो।

वार्तामा नागरिक सरकार गठन, संसद् विघटन तथा नयाँ चुनावको सम्भावनासहितका संवेदनशील राजनीतिक विषयमा छलफल हुने बताइएको छ। आन्दोलनरत युवाले राजनीतिक दललाई सत्ताबाट हटाएर नागरिक सरकार गठनको माग गर्दै आएका छन्।

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटनको शर्त पूरा भए मात्रै वार्ता सार्थक हुने बताएका छन्। सेनाले संयमित रहन र संवादमार्फत समाधान खोज्न युवाहरुलाई आह्वान गरेको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु