आजदेखि अण्डाको भाउ घट्यो

छिनोफानो   सोमबार २७, माघ २०८२ १०:३४

चितवन – आजदेखि अण्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो ।

नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्य घटेको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो । अब मार्फको समर्थन मूल्य ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ३ सय ७५  रुपैयाँ र मझौलाको ३ सय ३५ रुपैयाँ कायम भएको छ ।

यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४ सय ३५ रुपैयाँ र मझौलाकाे ४ सय ५ रुपैयाँ तोकिएको थियो । माघ ११ गते ठूलो अण्डाकाे ४ सय ९५ रुपैयाँ र मझौलाको ४ सय ७५ रुपैयाँ पुगेको थियो । गएको मङ्सिरमा अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको थियो । त्यसबेला फार्ममा ठूलो अण्डा प्रतिक्रेटकाे ५ सय ६५ रुपैयाँ र मझौलाको ५ सय ५० थियो ।

सङ्घले देशभरका फर्मबाट मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु