मुख्यमन्त्री शाहको घुस प्रकरणः वन अधिकृत भट्टलाई पाँच दिन प्रहरी हिरासतमा राखिने

छिनोफानो   बुधबार ०४, चैत २०८२ ०८:१३

धनगढी : जिल्ला प्रहरी कार्यालय, कैलालीले डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई थप पाँच दिन थुनामा राख्ने भएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा रहेका वन अधिकृत भट्टलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिइएको हो।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई पाँच लाख घुस मागेको आरोप लगाएपछि पक्राउ परेका डिभिजनल वन अधिकृत भट्टलाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न प्रहरीले न्यायाधीशबाट अनुमति मागेको थियो। मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले चैत २ गते विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएको आधारमा भट्टलाई पक्राउ गरिएको थियो। भट्ट अहिले कैलाली प्रहरीको हिरासतमा छन्।

भट्टलाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न कैलाली अदालतले बुधवार म्याद थप गराएको हो। जिल्ला सरकारी वकिल कार्यालय कैलालीका न्यायाधिवक्ता देवराज भारतीले प्रहरीले भट्टलाई म्याद थप्ने प्रयोजनका लागि बुधवार बिहानै सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको बताएका छन्।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु