अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या सय नाघ्यो

छिनोफानो   मङ्गलबार २८, मङि्सर २०७८ ११:०३

 अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या सय नाघेको छ । केन्टुकीसहित ६ वटा राज्यमा शनिबार आएको विनाशकारी आँधीबेहरीका कारण दर्जनौं घाइते भएका अधिकारीहरूले जनाएका छन् । आँधीका कारण मिजोरी, अर्कान्सस, इलनोय, टेनिसी र मिसिसिपी राज्य प्रभावित भएका छन् ।

केन्टुकी राज्यमा मात्र ८० जनाको मृत्यु भएको जनाइएको छ । आँधीका कारण दर्जनौं सम्पर्कविहीन छन् । अन्य राज्यहरूमा १४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । अधिकारीहरूले आँधीपछि हराइरहेकाहरूको जीवितै उद्धार गर्ने प्रयास जारी रहेको जनाएका छन् ।

राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रमा सहायताका लागि यथासम्भव प्रयास गर्ने आश्वासन दिएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बाइडेनले शनिबारको आँधी अमेरिकामा आएका हालसम्मकै ठूलामध्ये एक भएको बताएका छन् । उनले एउटा संघीय आकस्मिक विपद् घोषणापत्रमा हस्ताक्षर गर्दै केन्टुकीका लागि रकम निकासा गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु