हङकङका मिडिया सञ्चालकलाई चीनविरुद्ध प्रदर्शन गरेको आरोपमा १३ महिनाको जेल

छिनोफानो   मङ्गलबार २८, मङि्सर २०७८ ११:१७

हङकङका चर्चित मिडिया सञ्चालक जिम्मी लाईलाई १३ महिनाको जेल सजाय सुनाइएको छ । चीनविरुद्ध प्रदर्शन गरेको आरोपमा उनलाई उक्त सजाय सुनाइएको हो ।

उनले चीनको बेइजिङमा भएको टियानमेन दमनको वार्षिक अवसरमा गत वर्ष भएको प्रदर्शनमा भाग लिएका थिए । ७४ वर्षीय जिम्मीलाई गत साता गैरकानुनी सभामा भाग लिएको र अन्य मानिसलाई पनि भड्काएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो ।

यो प्रदर्शनमा सामेल हुन सरकारले प्रतिबन्ध लगाएको थियो । यद्यपि यसमा हजारौं मानिसहरु सहभागी भएका थिए । हङकङका दुई दर्जनभन्दा धेरै नेता तथा अभियन्तालाई यो मुद्दा लगाइएको छ । सोमबार जिम्मीसहित अन्य सात जनालाई पनि सजाय सुनाइएको थियो । सजाय पाउनेमा विपक्षी नेता बनेका ग्वेनेथ हो र वकिल चो हेङ टङ पनि सामेल छन् ।

जिम्मी यसअघि नै अन्य विभिन्न मुद्दामा सजाय काटिरहेका छन् । उनी हङकङका एप्पल डेल्ली न्युजपेपरका संस्थापक हुन् । यद्यपि यो पत्रिका अहिले बन्द भइसकेको छ । उनी प्रजातान्त्रिक आन्दोलनका प्रमुख समर्थकमध्येका एक हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु