घट्दै न्यूनतम तापक्रम, पूर्णरुपमा मौसम खुल्न समय लाग्ने

छिनोफानो   आइतबार १६, माघ २०७८ १०:०१

काठमाण्डाै - आज पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।

तराईका जिल्लामा भने बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज दिउँसाे काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लाग्ने छ । सँगै बादल पनि लाग्ने उहाँले बताउनुभयो ।

उहाँकाअनुसार पूर्णरुपमा मौसम खुल्न समय लाग्ने छ । यस्तै, रातको समयमा आकाश सफा हुन थालेसँगै चिसो झन् बढेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । दिउँसाेको समयमा केही न्यानो भए पनि बिहान बेलुका चिसो छ ।

आज काठमाण्डौको बिहानको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस  मापन गरिएको छ । यो पौने ६ बजेको मापन गरिएको न्यूनतम तापक्रम हो । हिजोको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु