कप्तान रोहित पौडेल भारत ए विरुद्ध अर्धशतक

छिनोफानो   सोमबार ०१, साउन २०८० ०४:४१

कप्तान रोहित पौडेलले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । रोहितले दबाबका बीच धैर्यतापूणर् ब्याटिंग गर्दै ६४ बलमा अर्धशतक पुरा गरेका हुन् ।

भारत ए विरुद्ध नेपालको शुरुवात भने खराब रहेको छ । नेपालले अहिलेसम्म ६ विकेट गुमाइसकेको छ । अहिले रोहित र गुलशन झा खेलिरहेका छन् । नेपालका ओपनर कुशल भुर्तेल खेलको दोस्रो बलमा नै डक आउट भएका छन् भने आसिफ सेखले ७ रन बनाएर आउट भए ।

त्यस्तै देव खनाल १५ रन, भिम सार्की ४, कुशल मल्ल ० र सोमपाल कामी १४ रन बनाएर आउट भएका थिए । यो समाचार तयार गरुन्जेल नेपालले २८ ओभरमा ६ विकेट गुमाएर ११४ रन बनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु