आज मौसम कस्तो रहनेछ ?

छिनोफानो   शुक्रबार ०६, पुष २०८० ०८:१७

धनगढी । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

विभागले अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । आज दिउँसोको मौसम देशभर आंशिक बदली रहनेछ ।

आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अन्य भागको मौसम सफा रहने छ ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु