सुदूरपश्चिममा नयाँ सरकार गठनबारे कांग्रेस र एमालेबीच छलफल

छिनोफानो   बुधबार १९, असार २०८१ ०५:२४

सुदूरपश्चिम प्रदेश सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्ने सहमति गरेका छन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच संयुक्त सरकार गठनका विषयमा छलफल भएको हो ।

अहिले सुदूरपश्चिममा एमालेसहितको समर्थनमा नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घ सोडारी मुख्यमन्त्री हुनुहुन्छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १८ र एमालेका ११ जना गरी २९ जना सांसद छन् । ५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ जना सांसद आवश्यक पर्छ ।

त्यस्तै कांग्रेस र एमालेले यसअघि मुख्यमन्त्री सोडारीले फुटाएका मन्त्रालय नभई पुरानै मन्त्रालय कायम गर्ने सहमति पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु