बैतडीका गोविन्द काठमाडौंमा मृत भेटिए, हत्या गरिएको आशंका

छिनोफानो   बिहिबार २०, असार २०८१ ०२:३०

बैतडी ।   बैतडी घर भएका एक युवक काठमाडौंमा मृत फेला परेका छन्।

बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका–८ मल्लादेही घर भएका २२ वर्षीय गोविन्द बोहरा मृत फेला परेका हुन्।  बोहरा पछिल्लो ७ महिनायता काठमाडौंमा बसेर कोरियन भाषा सिक्दै आएका थिए।

यही असार १५ गते साथीसँग पशुपति क्षेत्रमा घुम्न गएका बोहरा मृत फेला परेको जनाइएको छ। साथीसँग घुम्न गएका बोहरा साँझसम्म पनि कोठामा नआएपछि उनका आफन्तले खोजी गरेका थिए।

प्रहरीले नदीमा शव फेला पारी अस्पतालमा राखेको र शव हेर्दा बोहराको भएको बुझिएको स्थानीय निराजन बोहराले बताए। शव चिन्न सक्ने अवस्थामा नरहेको भएपनि गोविन्दले लगाएका लुगा र जुत्ताको आधारमा शवको पहिचान भएको उनले बताए ।

साथीसँग घुम्न गएका बोहरा मृत फेला परेपछि उनको हत्या भएको हुनसक्ने परिवारजनले आशंका गरेका छन्। काठमाडौं प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु