जिपले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते

छिनोफानो   शुक्रबार २१, असार २०८१ ०४:१०

गुल्मी ।  गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर –४, रायढुङ्गामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका वडा नम्बर – ८ छापटोला बस्ने ४३ वर्षीय देवबहादुर विक घाइते हुनुभएको हो ।

तम्घासबाट धुर्कोटतर्फ जाँदै गरेको लु १३ प ७९५० नम्बरको मोटरसाइकललाई बिपरीत दिशा छल्दिपनाबाट तम्घासतर्फ आउँदै गरेको लु १ च ७३२७ नम्बरको जिपले शुक्रबार बिहान करिब १०ः२० बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते हुनुभएका विकलाई जिल्ला अस्पताल तम्घासमा ल्याई सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले जानकारी दिनुभयो ।

दुवै सवारी साधनको अगाडिको भागमा क्षति भएको छ । दुवै सवारी साधन र  डबलक्याप गाडी चालक इस्मा गाउँपालिका वडा नम्बर – ६, चौरासी बस्ने २२ वर्षीय प्रकाश खत्रीलाई नियन्त्रण लिई घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु