जोत्न लगेको गोरु करेन्ट लागेर मृत्यु

छिनोफानो   आइतबार २३, असार २०८१ ११:०६

बिर्तामोड । झापाको कचनकवलमा जोत्न लगेको गोरु करेन्ट लागेर मरेको छ । आइतबार  बिहान ८ बजे कचनकवल गाउँपालिका वडा नं ६ मुस्लिम बस्तीमा सडक नजिकमा रहेको विद्युतीय ट्रान्सफर्मरसहितको पोलमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर एउटा गोरु मरेको हो ।

सोही ठाउँ बस्ने लक्ष्मीनारायण राजवंशीको गोरु खेतमा जोत्नलाई लाने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।एउटा गोरुलाई करेन्ट लागेर घटनास्थलमै मरेको र मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु