राप्तीमा बेपत्ता दुई जना मृत फेला

छिनोफानो   आइतबार २३, असार २०८१ ११:३५

राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । शनिवार राप्ती नदीमा आएको बाढीले लमही नगरपालिका वडा नम्बर ७ नयाँ बस्ती निवासी ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका वडा नम्बर ८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए ।

आइतबार बिहान बेपत्ता भएको स्थानदेखि करिब पाँच सय मिटर खोलाको बगरमा चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै दूध बिक्री गरी घर फर्कने क्रममा शनिवार बिहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव राप्ती नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले बेपत्ता यादवको शव फेला परेको जानकारी दिनुभयो । उहाँले आइतबार बिहान ७ ः ३० बजेको समयमा बेपत्ता भएको हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिम तर्फ खोलाको बगरमा यादवको शव फेला परेको जानकारी दिनुभयो । 

शनिवार उक्त घाटबाट राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवलाई सशस्त्र प्रहरी बल नेपाल नं। ४१ रिजर्भ गण अर्जुन खोलाबाट खटिएको टोलीले सकुशल उद्धार गरेको थियो भने १७ वर्षीय राजकुमार यादव राप्ती नदीमा आएको बाढीले बगाएको थियो  ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु