बारामा बस दुर्घटना, सात यात्रु घाइते

छिनोफानो   बिहिबार २७, असार २०८१ १२:१९

जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको जितपुरसिमरा उपमहानगरपालिका– १६ मा पर्ने पसाहा पुलनजिक दुर्घटना भएको छ।

दुर्घटनामा सात यात्रु घाइते भएका छन्। बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घाइतेहरूको उद्धार गरी सिमरा अस्पतालमा पठाइएको जानकारी दिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले घाइतेको उद्धार गरेका हुन्। दुर्घटनाको कारण खुलेको छैन।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु