अत्तरियामा बस दुर्घटना हुँदा १४ जना घाइते

छिनोफानो   बिहिबार २७, असार २०८१ ०३:४७

अत्तरिया । बारापूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिकै बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

मलंगवाबाट पर्साको बीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस बाराको पसाह खोला नजिकै दुर्घटना भएको हो ।भारी वर्षा भइरहेको समयमा तीव्र गतिमा रहेको बसले ओभरटेक गर्न खोज्दा पल्टिन पुगेको प्रहरी अनुमान छ । दुर्घटनामा घाइते भएकामध्ये रौतहटको बिन्दावन नगरपालिका १ बस्ने ४२ वर्षीय संझा देवीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय निजगढले बताएको छ ।

उनलाई ब्योधा अस्पताल पर्सामा रिफर गरिएको छ ।प्रहरीले बसका सहचालक सर्लाही मलंगवा नगरपालिका १० बस्ने २८ वर्षीय राकेशकुमार शाहलाई नियन्त्रणमा लिएको छ भने बस चालक सर्लाहीको मलंगवा नगरपालिका ९ बस्ने ४५ वर्षीय जयनारायण महतो फरार रहेका छन् ।

घाइतेहरूको सिमरास्थित सिमरा सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु