कञ्चनपुर कृष्णपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

छिनोफानो   आइतबार ३०, असार २०८१ ०९:५४

धनगढी  ।​     कञ्चनपुरको कृष्णपुरमा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका – ७ कार्की कटानमा पैदल यात्रा गरिरहेका स्थानीय ५४ वर्षीय मोहन खड्कालाई बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।  ना ५ ख ३४९१ नम्बरको उक्त बस चालक कृष्णपुर नगरपालिका – ७ कै २८ वर्षीय सुरेन्द्र बोहराले अत्तरियाबाट घरतर्फ लग्दै गर्दा शनिवार राती १० बजे दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु