कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

छिनोफानो   आइतबार ३०, असार २०८१ १०:१४

 

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालीका–३ भासी स्थित सोहीठाउँका जिवन शर्मालाई ०.२४ ग्राम लागू औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ र ५ थान क्याप्सुल सहितलागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शर्माको घरबाटै नियन्त्रणमा लिएको हो।

शुक्लाफाटा नगरपालीका–८ बाट सोही ठाउँका राई भान ठगुन्ना र करन जप्रेललाइ पनि लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ। प्रहरिले ठगुन्नालाई ४३ दशमलव १३ ग्राम लागूऔषध र जप्रेललाई ५.१८ ग्राम लागूऔषध सहित पक्राउ गरेको हो।

यस बिषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु